काठमाडौँ । नेपाली तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ ।

युएई दुबई शहरको आब्रा बरदुबई स्थित ब्लु प्यालेस होटलमा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा अधिकारीलाई कार्यक्रमका प्रमुख अथिती नेपाली समाजका संथापक उपाध्यक्ष एवम् बिगत चार दशक देखी युएईमा रहेका समाजसेवी चन्द्र प्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले सम्मान–पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए तर कोरियाली खेलाडीसँग पराजय भोग्नु परेको थियो ।

बिगत एक दशक देखी युएईमा रहेका अधिकारीले हाल युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षकको रुपमा कार्य गर्दै आईरहेका छन । उनले अरबिक, कोरिएन्, फिलिपिन्स लगाएतका खेलाडिहरुलाई प्रशिक्षण गराई रहेका छन ।

तपाईको प्रतिक्रिया