श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सकुना श्रेष्ठको ‘कृष्ण कृष्ण’ भजन सार्वजनिक ( भिडियो)
काठमाडाैं। समाजसेवी तथा गायिका सकुना श्रेष्ठ 'मलेकु'ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नयाँ भजन 'कृष्ण कृष्ण' सार्वजनिक गरेकी छिन ।
एच बी सुनारको शब्दरचना ,मञ्जु उपासनाको संगीत र सुदिप सागरको एरेञ्ज रहेको 'कृष्ण कृष्ण' भजनलाई अकेस्टिंङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
एच बी सुनारले नै निर्देशन गरेको 'कृष्ण कृष्ण' भजनको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ ...