२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!
श्री गणेशाय नमः
यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै द...







