होलीलाई विकृति रहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ ।
फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, स...









