बिन्ध्यबासिनी म्युजिक अवार्ड भब्यताको साथमा सम्पन्न (जानकारी मुलक भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठाको सम्मान भन्ने मूल नाराको साथमा बिगत ८ बर्ष यता सम्मन्न हुँदै आएको बिन्ध्यबासिनी म्युजिक अवार्डको नऔं संस्करण आज काठमाडौँको प्रज्ञाभवन सभा हलमा सपन्न भएको छ । दिनेश डी.सी द्वारा संचालित उक्त कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा बरिष्ट गीतकार शक्ति बल्लभ ज्युलाई ताम्रापत्र सहित नगद रु १ लाख प्रदान गर्दै सम्मान गरिएको थियो । त्यस...