बरिष्ठ गायिका देविका बन्दनाको ‘बुद्ध सादर वन्दना’ सार्वजनिक
गायिका देविका बन्दनाले केही दिनअघि सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ कम समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।
गायिका देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा रचना गरेका हुन् । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् । गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाल...














