अर्जुनको संगीत, दिग्गजको शब्दमा रहेको ‘तिम्रो लागि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय युवा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका पूजा शर्मा र अनुज गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन...