साम्राज्ञी र मेरो केस नै फरक होः पूजा शर्मा
नेपाली चलचित्र क्षेत्रमा केही हप्ताको अन्तरमा २ वटा मुद्दा चर्चामा रहे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि दुव्र्यवहार भएको भन्दै गर्दा चलचित्र क्षेत्र मौन जस्तै रह्यो ।
त्यसको केही हप्तापछि एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले बोलेको कुराले हंगामा मच्चायो । न...













