नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तले २५ लाखको कार प्राप्त गरेका छन् । उनलाई बुधबार, तिनकुनेस्थित कान्तिपुर पब्लिकेशनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले हिमेश पन्तलाई कार प्रदान गरे ।

कोरोना भाइरसको कारण निर्धारित समयै पहिलो कमेडी च्याम्पियनलाई पुरस्कार प्रदान गरिएको कमेडी च्यापियनकी निर्मात्री केकी अधिकारीले बताईन । अरु कार्यक्रममा जस्तो गुनासो नआओस भनेर नै समय भन्दा अगाडी नै हामीले कोरोना महामारीकाबीच कार हस्तान्तरण गरेको बताईन । कार पाएर दंग परेका हिमेश पन्तले भने,‘ २५ लाखको कार त पाइयो तर चलाउन आउँदैन । सुरुमा त आफुले कार पाउँछु कि पाउँदिन भन्ने डाउट लागेको थियो तर अहिले कार सहित चाबी पाए । अव भने डाउट छैन ।’

कमेडी च्याम्पियन (सिजन २) को घोषणा गरिसकेको यो टिमलाई पहिलो विजेतालाई पुरस्कार दिन हतारिनु पर्ने बाध्यता रहेको थियो । निर्देशक विशाल भण्डारीले सिजन २ आउनु भन्दा अगाडी नै टेलिभिजनले पहिलो विजेतालाई पुरस्कार दिनको लागि दबाव दिएको पनि बताए । उनले भने, ‘टेलिभिजनले पहिलो विजेतालाई पुरस्कार दिन बारम्बार दवाव दिएको थियो । हामीलाई पुरस्कार दिन त्यति गाह्रो थिएन । लकडाउनका कारण केहि समय ढिला हुन पुगेको मात्रै हो ।’

‘कमेडी च्याम्पियन’को दोश्रो सिजन घोषणा भैसकेको छ । कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच गत महिना सम्झौता भइसकेको छ । पहिलो सिजनमा दर्शकको मन जित्न सफल शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकको रुपमा छन् भने शोकी होस्ट रिमा विश्वकर्मा हुन् । दोस्रो सिजनको केहि ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया