महिला स्वास्थ्य स्वयंसेविकाले कामका लागि यात्रा गर्दा सार्वजनिक गाडीको भाडा तिर्न नपर्ने
काठमाण्डाै – महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन् । सम...














