प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । विश्वासको मत ...

सुमन योञ्जनको शब्द र गीता शर्माको स्वरमा ‘ए हावा’ (भिडियो )

सुमन योञ्जनको शब्द र गीता शर्माको स्वरमा  ‘ए हावा’  (भिडियो )
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत 'ए हावा' सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ । प्रेमिल भावको गीत 'ए हावा' को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बु...

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त
मोरङ,६ साउन ः नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ। उक्त उद्योगद्वारा विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्व...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर
मोरङ,५ साउन ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको २७ औँ स्थापना समारोहको उद्घाटन गदै उक्त विचार व्यक्त्त गर्नु भयो । मन्त्री मगरले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापन...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक
विराटनगर ÷ साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठा...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम
विराटनगर ÷ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय हुँदा विराटनगरकी रीता...

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण ०६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण ०६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत "जिन्दगी तिमी हौ" गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो । पुर्वेली लोकलयमा आधारित उक्त गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ ।...

आजका केही मन छुने दृश्यहरु (फोटो फिचर)

आजका केही मन छुने दृश्यहरु (फोटो फिचर)
सिमल ताल दुर्घटनामा बेपत्ता यात्रुको खोजीका लागि नवलपुरको नन्दपुर क्षेत्रमा खटिएको नेपाली सेनाको टोली । उक्त टोली नदीको छेउछाउ र टापुहरुमा खोजी गर्दै त्रिवेणीसम्म पुग्नेछ । तस्बिरः दयाराम आचार्य/रासस दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराहीमा भएको दाङ कोरा साइकल च्यलेन्ज-२०२४ मा सहभागी दाङका साइक्लिस्ट । घोराहीको शहीद गेटबाट सुरु भएको कोरा साइकल च्यालेन्ज विभिन्न धार्मिक स्थलहरुको परिक्रमापछि सो...

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् । एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्,...