सैन्य आधार तालिम सम्पन्न

सैन्य आधार तालिम सम्पन्न
काठमाडौँ । नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।  नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कार...

शेयर बजार २३ अङ्कभन्दा धेरैले बढ्याे, ५ अर्ब ७४ कराेड रुपैयाँ बराबरकाे काराेबार

शेयर बजार २३ अङ्कभन्दा धेरैले बढ्याे, ५ अर्ब ७४ कराेड रुपैयाँ बराबरकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ । आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ३ वटा कम्पनीको शेयर ८ प...

माओवादीको निष्कर्ष- प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ

माओवादीको निष्कर्ष- प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।  बैठकको निर्णय बारे जानकारी दिदै प्रमु...

लक्ष्मी के.सी को लय शब्दमा आयो “लेकै सल्लो” (भिडियो सहित)

लक्ष्मी के.सी को लय शब्दमा आयो “लेकै सल्लो” (भिडियो सहित)
काठमाण्डौ । हाल प्रबाशमा रहेकी गायिका तथा सर्जक लक्ष्मी के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लेकै सल्लो" बोलको गीत सार्बजनिक गरेकी छिन् । उनले केहि समय अगाडी मात्रै लागें परदेश बोलको गीत बजारमा ल्याएकी थिइन् । उक्त गीतको सफलता पछी लक्ष्मीले यस गीतलाई सार्वजनिक गरेकी हुन् । घर परिवारबाट टाढा हुँदै आफु परदेशमा रहँदा  निसासिएको मनलाई फुरुङ्ग बनाउँन उनले बेलाबखत यस्ता गीतहरु सार्व...

ड्युटीमा खटिएका प्रहरीलाई झापड हान्ने अधिवक्तालाई कारबाही गर्न माग

ड्युटीमा खटिएका प्रहरीलाई झापड हान्ने अधिवक्तालाई कारबाही गर्न माग
काठमाडौं जिल्ला अदालतमा कार्यरत कर्मचारीले ड्युटीमा खटिएको प्रहरीलाई झापड हानेर अभद्र व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्न माग गरेका छन्। २३ असार जिल्ला अदालतको गेट नम्बर ३ (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र)मा सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रय...

ओली बिरामी भएपछि मंगलबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

ओली बिरामी भएपछि मंगलबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । यसअघि मंगलबार बस्ने गरी सचिवालय बैठक बोलाइएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि बैठक स्थगित भएको थियो । आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै नेताहरूको नयाँ जिम्मेवारी तोक्ने र सरकारमा सहभागी हुने मन्त...

ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प

ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प
विराटनगर । ताप्लेजुङलाई केन्द्रविन्द बनाएर भुकम्प गएको छ । मध्य राती ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बुधबार बिहान १.४६ बजेको सममा भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुम...

दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट पोखरिया मावि, विराटनगर सम्मानित

दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट पोखरिया मावि, विराटनगर सम्मानित
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट श्री पोखरिया माध्यमिक विद्यालय सम्मानित भएको छ । पोखरिया माविमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा आधारमा मंगलबार आयोजित उक्त कार्यक्रमबाट सम्मानित गरिएको हो । गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको यस सामुदायिक विद...

गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट बरामद

गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट  बरामद
नाबालिकालाई जबर्जस्ती वेश्यावृतिमा लगाएको आरोपमा दुई जना समातिएका छन् । सिन्धुली घर भइ हाल भक्तपुरको जडिबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुविलाल सिंतानलाई प्रहरीले उक्त आरोपमा पक्राउ गरेको छ । यी दुईले कमजोर आर्थिक अवस्थाका नाबालिकाहरुलाई होटलमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारेको प्रहरीले जनाएको छ । होटल सञ्चालकले शुरुमा ग्रा...