काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट श्री पोखरिया माध्यमिक विद्यालय सम्मानित भएको छ । पोखरिया माविमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा आधारमा मंगलबार आयोजित उक्त कार्यक्रमबाट सम्मानित गरिएको हो ।
गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको यस सामुदायिक विद्यालय विराटनगरको नमुना विद्यालयको रूपमा परिचित छ । विद्यार्थीको शैक्षिक जग बलियो बनाउन दृढ रहेको यस विद्यालयमा प्लस टु अध्ययनको लागि वर्षेनी सयौं संख्यामा भर्न हुने गर्छन् ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मिहेनती शिक्षक भएको पोखरिया माविले प्रदान गर्ने शिक्षा गुणस्तरीय भएर जोकोही अभिभावक आफ्ना छोराछोरी यस विद्यालयमा पढाउन तयार हुन्छन् । बढ्दो विद्यार्थीको चाप भएको यस विद्यालय एउटा उदाहरणीय स्कुल रूपमा पनि चर्चित छ । विद्यालय प्रतिको बढ्दो क्रेजलाई मध्यनजर गर्दै विद्यालयले प्रभावकारी शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ ।
पोखरियाबाट विद्यार्थीलाई प्रदान हुने शिक्षाबाट अभिभावक पनि सकारात्मक देखिन्छन् । अतिरिक्त क्रियाकलापहरू जोड दिँदा आएको पोखरिया माविमा विराटनगरका मात्र नभई संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, झापालगायतका जिल्लाबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आइपुग्ने बताइएको छ ।