रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रथामिकतामा

रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता,  शिक्षा र स्वास्थ्य प्रथामिकतामा
विराटनगर । दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख दिलिप बगडीयाले उपप्रमुख भूमा पराजुलीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यव विवरण प्रस...

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई  कामु मुख्य सचिवको जिम्मा दिएको हो । त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ ।...

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब
काठमाडौं- गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ। ५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो। गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो। एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही ...

काठमाडौँ आइपुगे चिनियाँ उपविदेशमन्त्री वेइडोङ

काठमाडौँ आइपुगे चिनियाँ उपविदेशमन्त्री वेइडोङ
काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेइडोङसहित चिनियाँ प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका हुन् ।  उनी काठमाडौँमा मंगलबार हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा ने...

नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी ...

‘आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग’

‘आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग’
विराटनगर । धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ । आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत हिसाले सहयोग गरेका हुन् । उनीहरूले यो प्रयास पर्याप्त नभ...

विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
विराटनगर ÷ कोशी प्रदेशको एकमात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको को बजेट सार्वजनिक गर्नुभयो । जुन बजेट चालु ...

हरि लम्सालले संगीतमा `मनको कथा´ (भिडियो )

हरि लम्सालले संगीतमा  `मनको कथा´ (भिडियो )
काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा 'मेरो मनको कथा' बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । मलाई कोर्न देऊ मेरो मनको कथा मलाई भन्न देऊ मेरो मनको व्यथा कोही त सुनिदेऊ कोही त बुझिदेऊ मेर...

निमित्त मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी

निमित्त मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको...

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट
बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव सं...