महानगरद्वारा पशुपालक किसानलाई निःशुल्क परजीवि नियन्त्रणको औषधि वितरण

महानगरद्वारा पशुपालक किसानलाई निःशुल्क परजीवि नियन्त्रणको औषधि वितरण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । सो क्षेत्रमा किसानले प...

गृहमन्त्री विराटनगरमा रहँदा योजना आयोगको गाडीमा आगजनी

गृहमन्त्री विराटनगरमा रहँदा योजना आयोगको गाडीमा आगजनी
विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएको बेला महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजानी गरेका छन् । आज विहान साढे १० बजे कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ । वि...

नेराक संगठन (नेपाल बैक)मा श्रेष्ठ निर्विरोध निर्वाचित

नेराक संगठन (नेपाल बैक)मा श्रेष्ठ निर्विरोध निर्वाचित
विराटनगर, २७ जेठ । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन भएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देबेन्द्रकुमार दिपक निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा दिपेन पिठाकोटे, समीक्षा घिमिरे, विनिता खतिवडा, रचना दाहाल, क...

राजु लामाको स्वरमा ‘ङोल्स्यो खोबाले‘सार्वजनिक

राजु लामाको स्वरमा ‘ङोल्स्यो खोबाले‘सार्वजनिक
काठमाण्डौं । नेपाली संगीतमा मौलिक धारका गीत संगीतको अभाव भैरहेको अबस्थामा गायक राजु लामा र गायिका तारा श्रीष मगरको स्वरमा रहेको गुरुङ भाषाको गीत ‘ङोल्स्यो खोबाले‘ सार्वजनिक भएको छ । प्रेम गुरुङ तथा केशव बहादुर गुरुङको लय र्सिजनामा रहेको गीत सार्वजनिक गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । आफनो मायालाई सयौँ जुनी सम्म पनी निरन्तर अगाडि बढाउनको लागी आफु...

लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न

लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न
विराटनगर ÷ एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले प्रदेशसँग प्रदेश कार्यक्रम सुरु गरेको छ । नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा ...

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २७ गते आईतवार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २७ गते  आईतवार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ । वृष– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । मिथुन– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला...

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको विषय विवादित बनेको छ । सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो ।  सरकारले जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । सरकारले नयाँ मापदण्ड जारी गरी उमेरको हदम्याद र योग्यतामा थपघट गरेको छ । दरखास्त दिन ५८ वर्...

जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जना बालबालिकाको उद्धार

जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जना बालबालिकाको उद्धार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । शुक्रबार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यस सम्बन्धी जानकारी गराएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका/संरक्षणको आवश्यकता भएका) का बालबालिकाह...

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन् । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर...

अनमोलको ‘जेरी अन टप’ मा आँचलको इन्ट्री

अनमोलको ‘जेरी अन टप’ मा आँचलको इन्ट्री
काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका हुन् । उनल...