मैत्रीपूर्ण फुटबल खेलमा नेपालले चीनलाई ५-१ ले हरायाे

मैत्रीपूर्ण फुटबल खेलमा नेपालले चीनलाई ५-१ ले हरायाे
काठमाण्डाै - चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५–१ गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । चीनले एक गोल फर्कायो । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा खेल भएको हो । रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् ।...

६ महिनामा प्रहरीले खोजेर बुझायो २ सय ५२ वटा मोटरसाइकल

६ महिनामा प्रहरीले खोजेर बुझायो २ सय ५२ वटा मोटरसाइकल
काठमाण्डाै - नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारेर धनीलाई बुझाएकाे छ । विभिन्न मितिमा हराएका दुई पाङ्ग्रे गाडी चालु आर्थिक वर्षको ६ महिनामा फेला पारेर धनीलाई हस्तान्तरण गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा माेटरसाइकल, स्कुटर र माेफेट धनीलाई जि...

नेपालले क्यानडालाई हरायो, कीर्तिमानसहित तीन जना खेलाडीको अर्धशतक

नेपालले क्यानडालाई हरायो, कीर्तिमानसहित तीन जना खेलाडीको अर्धशतक
काठमाण्डाै - क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्...

माघ २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

माघ २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापा...

सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २

सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २
माघ, काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ । कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्...

राजु लामाको स्वरमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक

राजु लामाको स्वरमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, माघ २५ ःमंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारी ले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि एम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘लाखौ कोसिस २’ गीतको भिडियोमा ...

भ्यालेन्टाइन डेमा युवापुस्ताई ‘अगस्त्य’ले सुम्पियो प्रेमिल गीत

भ्यालेन्टाइन डेमा युवापुस्ताई ‘अगस्त्य’ले सुम्पियो प्रेमिल गीत
काठमाडौं : फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ। एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत ...

बर्गर हाउस अगाडि समातिएका वडाध्यक्षविरुद्ध अदालतमा मुद्दा

बर्गर हाउस अगाडि समातिएका वडाध्यक्षविरुद्ध अदालतमा मुद्दा
घुससहित रंगेहात समातिएका काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगको टंगालबाट खटिएको टोलीले गत माघ ३ गते उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघर चोकस्थित बर्गर हाउसअगाडिबाट १५ लाख घुससहित नियन्त्रणमा लिएको थियो । वडाध्यक्ष बाडेको साथबाट बा ७ च १२९ नम्बर...

इटहरीका विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी

इटहरीका विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
सुनसरीको इटहरी उपमहानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ । आउँदो नयाँ शैक्षिक सत्रबाट उपमहानगरले नगरमा सञ्चालित सबै विद्यालयमा एउटै पोशाक लागू गर्न लागेको हो । १३४ वटा निजी र १७० वटा सामुदायिक विद्यालयको पोशाक एउटै कायम गरिने नगरप्रमुख हेमकर्ण पौडेलले बताए । उनका अनुसार ६३ हजार ५२६ विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् । विद्यार्थीको पोशाकमा व...

माघ २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

माघ २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । कर्कट–पैसो कमाउने योग छ । ब...