– दशैंमा सर्लाहीको कालिन्जोरमा भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने
बडा दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ कालिन्जोर, सर्लाहीमा ‘प्रथम मधेश प्रदेश खुल्ला भलिवल प्रतियोगिता २०७९’ आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा मधेश प्रदेशभरीबाट खेलाडी टिमले सहभागिता जनाउन पाउनेछन् ।
भलिवल प्रतियोगितामा विजेता हुने टिमलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजक कमिटी कालिन्जोर...














