अभिनेताको स्वीकारोक्ति- ‘हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो’
न्युयोर्कः हलिउड अभिनेता जेम्स फ्रान्कोकोले आफू आफ्ना विद्यार्थीसँग सुतेको स्वीकार गरेका छन्। आफूमा शारीरिक सम्बन्धको लत (सेक्स एडिक्सन) भएको भन्दै उनले आफ्ना विद्यार्थीसँग सुतेको स्वीकारेका हुन्।
दी सिरियस एक्सएम पोडकास्टमार्फत् ४३ वर्षीय अभिनेता फ्रान्कोले बुधबार सो खुलासा गरेका हुन्। ‘अभिनय सिकाउने क्रममा म मेरा विद्यार्थीहरुसँग सुत्ने गर्थे। जुन वास्तवमै गलत थियो,’ पोडकास्टमार्फत् उनले भन...














