विराट गोल्डकप उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आमने सामने
विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।
थ्रीस्टारले मछि...













