बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले
काठमाडौं। बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन्। यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो। पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए।
त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन्। उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो। तर, एक दिन एक्...














