विजयले अस्पतालको शय्याबाटै भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’
अभिनेता तथा गायक क्याप्टेन विजय लामाले कोरोना संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीको तलब र सुविधा वृद्धि गरेर उनीहरूलाई बलियो बनाउन आह्वान गरेका छन्।
कोरोना संक्रमणपछि स्टार अस्पतालको आइसोलेनमा बसी स्वास्थ्य सेवा लिइरेहका विमान चालक लामाले बुधबार फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्यकर्मीलाई बलियो बनाउन आग्रह गरेका हुन्। ‘पीपीईमा सबै एकै देखिन्छन्। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कस...














