काठमाण्डौ ।
नेपाली सुगम संगीतमा परिचित गायिका एलिना चौहान र कमल विष्टको आवाजमा रहेको ”पिपल छायाँले” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

कुवेर उप्रेतीको शब्द तथा दपर्ण यात्रीको संगीत संयोजन गीतमा रहेको छ । प्रेम र विछोडलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”पिपल छायाँले” गीतको भिडियोमा सारिका केसी , कुवेर उप्रेती , तेजेन्द्र , खुशी उप्रेती र कृष उप्रेतीको अभिनय रहेको छ ।

”पिपल छायाँले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया