मुक्तक
मुक्तक १
अपमान गर्नु हुन्न थाहा हुनेले
अरूको खुसीमा आहा हुनेले
खाना पकाएपछि निम्तो गर्दैन,
आइदिओस् भन्ने चाहा हुनेले ।
मुक्तक २
सपनामाथि आगो झोस्न रै'छ र पो
उत्पादक कम्पनी पोस्न रै'छ र पो
बिजुली बन्छु भन्थी मेरो जिन्दगीमा,
रातभरिको निन्द्रा खोस्न रै'छ र पो ।
मुक्तक ३
धन कमाउने चाहना अग्लिन्छ धेरैको
टुक्रिएको मुटु समेत सग्लिन्छ धेरैको
बाटो मात्रै खुलोस् विकसित देश जाने,
चट्टानरू...