।। अधुरो भएँ।।

।। अधुरो भएँ।।
जवदेखी तिमी गयौ म अधुरो भएँ। तिमी संसारबाट बिलिन भयौ म मधुरो भएँ । सपनीमा आउँदा तिमी म हतास भएँ । झस्केर बिउंझे अनी एताउता केलाएर हेरेँ । ऐंठन भयो सपनी मै बिलौना गरेँ । तर..... जवदेखी तिमी गयौ म अधुरो भएँ, मधुरो भएँ ।। - बिनयबिष्णु के सी बिराटनगर ।

प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित

प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह " भित्र कतै दुखेपछि " को लोकार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्ला...

गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन

गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएकोे “लिस्नु” गजल सग्रह विमोचन
काठमाण्डौं । हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापा, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र मुक...

साहित्यकार अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

साहित्यकार अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण
काठमाडौं– युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरु लोकार्पण गर...

स्वर्गिय आमाको सम्झ्नामा …….

स्वर्गिय आमाको सम्झ्नामा …….
1 आमा मेरी आमा मलाई छोडी जानु भो काहा स्वर्गको बास मिलोस आमा हुनु हुन्छ जाहा ! 2 जन्मे पछी मर्नु पर्छ यस्तै छ संसारको रिती आमा मेरी आमा कसरी भुलाउ माताको प्रिती ! 3 कहिले रुइन दु:खले पोल्दा साहासी आमा मेरो जन्मे पछी मर्नु नै पर्ने खटन कस्तो दैब तेरो ! 4 छोडेर गएउ, बाच्दैछु एकलै, बेदना साचेर हासो र खुसी सबै,बिलाई गयो,के गर्नु बाचेर ! 5 कस्लाई सुनाउ मनको पिडा जानु भो...

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक
धरान , जेष्ठ २६ । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार...

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ सार्वजनिक

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘  सार्वजनिक
काठमाण्डौं हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका स...

~~~~~~ टुक्का कविता ~~~~~~

~~~~~~ टुक्का कविता ~~~~~~
मलाई छाेडि कहाँ जान्छाै नेटाे काटेर सँगै ज्युने कसम ताेडि भाग्याैँ ढाटेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~~~~~~ टुक्का कविताहरू ~~~~~~ १ जहाँ पनि भ्रष्टाचार र दलाली गर्न थाले, बिक्छन् धेरै कमिसनमै बोका पाठा र भाले। २ रोजगार छैन् ज्यान त पाल्नै पर्छ जसरी पनि, पापलाई धर्म कहिले धर्मलाई पाप भनि। ३. ठगहरूको मेलमिलाप हुन्छ सधैँभरी, खिचातानी र उस्तै बिलाप हुन्छ मनपरी। ✍️ सुरेशकुमार प...

”राजधानी– हेटौ“डा केवलकारः पौने घण्टाको यात्रा“

”राजधानी– हेटौ“डा केवलकारः पौने घण्टाको यात्रा“
–अभियन्ता बद्रीप्रसाद खतिवडा काठमाडौँ उपत्यकाबाट हेटौँडा केवलकारको दुरी ४२.५ किमी लामो पर्दछ । हेटौँडाको यो विन्दु उपत्यकाबाट पूर्व पश्चिम राजमार्गलाई छुने सबैभन्दा छोटो दुरी हो । यसकारण पनि यस केवलकारको बहुपक्षीय उपयोगिता छ । विगत २०४०को सुरु दशक देखि पूर्वी नेपालका साना ठूला हजारौ“ गाडीहरु दैनिक त्रिभुवन राजपथ उपयुक्त नभएकोले भरतपुर, मुग्लिङ हुँदै राजधानी आवत–जावत गर्दछन् । यो केवलकार बनेमा एकत...

आगमनभित्र भेटिएका दिलिप योञ्जन

आगमनभित्र भेटिएका दिलिप योञ्जन
प्रदीप सापकोटा स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोश्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेश्रो पंक्तिमा अनुप्रास स्वतंत्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ । भोजपूरका दिलिप योञ्जन तामाङ । अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको ल...