‘फेस अफ नेपालगन्ज ३’को उपाधि सुभम र अलिशालाई

‘फेस अफ नेपालगन्ज ३’को उपाधि सुभम र अलिशालाई
नेपालगन्ज : सौर्न्दर्य प्रतियोगिता ‘फेस अफ नेपालगन्ज सिजन ३’को उपाधि सुभम सलामी मगर र अलिशाले हात पारेका छन् । नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा शनिबार भएको ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै सुभम र अलिशा विजेत बन्न सफल भएका हुन् । विजेता बनेसंगै सुभम र अलिशाले नगद १६ हजार सहित अन्य आकर्षक पुरस्कार हात पारेका छन् । पिके इभेन्ट प्रालिको आयोजना सम्पन्न उक्त प्रतियोगिता...

हलिउडका चर्चित र्‍यापर स्नुप डगले सेयर गरे बारिशाको भिडियो

हलिउडका चर्चित र्‍यापर स्नुप डगले सेयर गरे बारिशाको भिडियो
हेटौँडा । अमेरिकी चर्चित र्‍यापर स्नुप डगले दक्षिण भारतीय फिल्म पुष्पाको ‘सामी सामी’मा नृत्य गरेको नेपाली बालिका बारिशा थापाको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । विश्वभर करोडौँ फ्यान भएका र्‍यापर स्नुप डगले थापाको भिडियो सेयर गरेपछि उनको चर्चा अब हलिउडसम्म चुलिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ की बारिशाले विद्यालयको एक कार्यक्रमको सन्दर्भमा उक्त गीतमा नाचेको भिडियो सोही विद्यालयको...

बक्सअफिसमा चम्कियो ‘महापुरुष’

बक्सअफिसमा चम्कियो ‘महापुरुष’
नेपाली फिल्मलाई कमाईको हिसाबमा चाडपर्वको विदा फलिफाप सिद्ध हुने गरेका छन् । यस वर्ष दशैं र तिहारमा प्रदर्शन भएका फिल्मको सफलताले पनि यो प्रमाणित गर्छ । दशैंका दुई फिल्म ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ व्यापारिक रुपमा सफल हुँदा तिहार छेकोमा रिलिज भएको ‘के घर के डेरा’ र छठको विदा छोपेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ बक्सअफिसमा चम्किएको छ । काठमाडौं, चितवन र पूर्वाञ्चलको प्रिमियरमा वाहवाही कमाएको ‘...

‘महापुरूष’ बिहानैदेखि हाउसफुल

‘महापुरूष’ बिहानैदेखि हाउसफुल
काठमाडौं, ११ कात्तिक फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो । फिल्मको ...

आजको राशिफल कार्तिक १० विहिबार । पाथीभरा माताको दर्शन गरौं ।

आजको राशिफल कार्तिक १० विहिबार । पाथीभरा माताको दर्शन गरौं ।
मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । वृष–बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ | आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने...

गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 'चरी भररर' बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्। सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज ख...

रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा सार्वजनिक

रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा सार्वजनिक
बिक्रम थापा र रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा को भिडियो सार्वजनिक भएको छ। कृश श्रेष्ठ को प्रस्तुति रहेको गित मा बिक्रम थापाकै संगीत रहेको छ भने भिषण मानन्धर को संगीत सयोजन,मिक्सिङ तथा मास्टरिङ रहेकोछ। गीतलाई सन्तोष कटवालले लेखेका हुन भने हार्मोनिक स्टुडियोमा रेकर्ड गरिएको थियो। उक्त गीतको भिडियोमा पुष्प खड्का र नग्मा श्रेष्ठ ले फिचरिङ गरेका छन। उत्तम हुमागाईको सिनेमाटोग्राफी,...

पहिलोपटक उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै

पहिलोपटक उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै
काठमाडौं, ७ कात्तिक अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनित प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना ए...

निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ

निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ
काठमाडौं, ७ कात्तिक अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आइतबार फिल्म ‘महापुरूष’ को प्रिमियर शो हेरे । फिल्म हेरेपछि उनले कलाकार र टिमको प्रशंसा गरे । बस्नेतले निर्देशक प्रदीप भट्टराईको हिट फिल्मको यात्रा जारी रहेको बताए । उनले फिल्म हेरेर दिनुपर्ने प्रतिक्रिया आफ्नो मुहारमा देखिएको बताए । ‘हरि दाइको धेरै समयपछि यस किसिमको भूमिका हेर्न पाएँ । मदन दाइको पनि उस्तै सशक्त भूमिका छ । निर्देशक ...

अमृत आचार्य माइला गुरुले ल्याए “कुहुकुहु” (भिडियो सहित)

अमृत आचार्य माइला गुरुले ल्याए “कुहुकुहु” (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०५ - स्थायी घर सिन्धुपाल्चोक भएका लोकपिय गायक अमृत आचार्य माइला गुरुले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनि बेशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा बिस्वाश गर्दछन् । अमृतले हाल सम्म थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि कारण पनि उनि नेपाली लोक तथा गीत संगीतका अनुरागीहरु माझ लोकप्रिय छन् । अमृतको पछिल्लो समय सार्बजनिक भएको गीत...