जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर ।९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका-२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद...

मिस कोशी विजेतालाई विराटनगरमा भव्य सम्मान

मिस कोशी विजेतालाई विराटनगरमा भव्य  सम्मान
मोरङ,३ साउन ः मिस कोशीका विजेताहरूलाई आज यहाँ सम्मान गरिएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले मिस कोशी शुभलक्ष्मी राई, प्रथम रनरअपमा निसा हाङ्गमा लिम्बु, दोश्रो रनरअपमा निगम मोक्तान तामाङ्ग, तेश्रो रनर अपमा कृति बस्नेत र चौथो रनर अप स्वस्तिका राई आज सम्मान गर्नु भयो । मन्त्री कार्कीले जय मिडिया इन्टरटेन्मेन्टद्वारा आयोजित उक्त्त कार्यक्रममा लुकेर रहेको प्रत...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु
विराटनगर ÷ सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना ...

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए। काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी बडाललाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता...

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धिदर

तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धिदर
काठमाण्डौ – गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको हो । यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ । विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण...

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न साउन १३ गते सम्झौता हुने

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न साउन १३ गते सम्झौता हुने
काठमाण्डौ – नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरि...

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोल...

बिराटनगरमा प्रहरीको भ्यान पल्टियो

बिराटनगरमा प्रहरीको भ्यान पल्टियो
बिराटनगरको रानी क्षेत्रमा नेपाल प्रहरीको भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन । घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी रानीमा सुरक्षाका लागि कोशी प्रहरी कार्यालयको तालिम केन्द्रबाट गएका प्रहरीहरु ड्युटी सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । साँझ भट्टीमोड चोकमा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसलाई जाोगाउन खोज्दा पल्टिएको बताइन्छ । ...

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।  यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...