एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो
काठमाण्डौ – एएफसी च्यालेन्ज लिगअन्तर्गत हिजो भएको खेलमा भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो ।
जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई...














