सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ ।
खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्...














