महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।
बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारम...














