हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौँ । हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क...














