सिंहदरबारमा छलफलपछि आन्दोलन स्थगित

सिंहदरबारमा छलफलपछि आन्दोलन स्थगित
क्रसर उद्योगीहरुले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले सरकारसँग तीन बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको उपस्थितिमा मन्त्रालयमा भर्खरै भएको छलफलमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन विधेयक, २०८०’ छिटो पारित गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने सहमति भएको छ । त्यस्तै, २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को नि...

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो
धनुषा – धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल...

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल...

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण 

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण 
विराटनगर÷ विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्प...

महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट ग...

वि.सं.२०८१ असार २० गते बिहिबारको राशिफल : श्रीपाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८१ असार २० गते बिहिबारको राशिफल : श्रीपाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । वृष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभ...

मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय

मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरी...

राज्यको तीनवटै तहमा दलित महिलाको लागि बजेट छुट्याउनुपर्ने माग

राज्यको तीनवटै तहमा दलित महिलाको लागि बजेट छुट्याउनुपर्ने माग
विराटनगर, अषाढ १९ गते । राज्यको तीनवटै निकाय संघिय, प्रदेश र स्थानीयतहका पालिकाहरले दलित महिलहरूकाे लागि छुट्याउनु पर्ने माग गरेका छन । नेपाल पत्रकार महासंघ माेरंगका सभाहलमन विकास प्रक्रियामा दलित महिलाको समाहिकरणका लागि संचारकर्मीहरूकाे भूमिका विषयक अन्तरक्रियामा साे माग अगुवा दलित महिलाहरूले गरेका हुन । दलित महिलाहरुको हक अधिकारका विषय कागजमा लेखिएपनि ब्यवहारमा भने लागू हुन नसकेको समेत दलित अग...

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा
पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो। मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै यसबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगरबाट कागजात नियन्त्रणमा लिएको बताइएको छ। अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म ...

अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सिविनको मागमा सरोकारवाला प्रतिबद्ध

अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सिविनको मागमा सरोकारवाला प्रतिबद्ध
काठमाडौं । बालबालिकामाथि डिजिटल माध्यमबाट हुने यौन हिंसा रोक्न माग गर्दै गैरसरकारी संस्था सिविन नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा सिविनले मन्त्रालयका उपसचिव एवं बाल संरक्षण तथा विकास शाखा प्रमुख दीपक ढकाललाई ज्ञापन पत्र बुझाएको हो। संस्थाका कार्यक्रम निर्देशक कुमार भट्टराईले उपसचिव ढकाललाई १३ बुँदे ज्ञापनपत्र बुझाए...