मनसुनजन्य विपदका लागि महानगरद्वारा द्रुत प्रतिकार्य टोली गठन
विराटनगर÷ मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
प्रमुखस्तरीय निर्णयअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो । टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल रहनुभएको छ । त्यस्तै आर्थिक व्यवस्थापनमा संजीवकुमार भट्टराई, आवास व्यव...














