लैंगिक हिंसा रोकथाम गर्ने गरी बजेट ल्याउन महानगरलाई गैससको सुझाव
विराटनगर ÷ आगामी आर्थिक वर्षको बजेटमा लैंगिक हिंसा रोकथामका कार्यक्रमलाई समेटेर बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।
महानगरपालिकामा बुधबार आयोजित छलफलमा गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरुले लैंगिक हिंसा रोकथामलाई बल पुग्ने गरी बजेट बनाउन सुझाव दिए । एवीसी नेपाल कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्माले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक हिंसा पी...














