यसराजसँग नाच्दै सरिताले ल्याईन बजाईदेऊ न बाजा

यसराजसँग नाच्दै सरिताले ल्याईन बजाईदेऊ न बाजा
काठमाडौं, २५ जेठ बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाईदेऊ न बाजा....यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन् । गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईए...

विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ ः मेयर कोइराला

विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ  ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ । भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताउनुभयो । उहाँले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बाल...

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् । सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ । समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प...

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् । यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ । यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो । बिग बोसको टेलिभिजनमा प्रशारण हुने...

मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण

मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण
बिराटनगर, जेष्ठ २४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गर्नु भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो ...

महानगरद्वारा नाला र पैनी सफाई तीव्र

महानगरद्वारा नाला र पैनी सफाई तीव्र
विराटनगर ÷ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइको मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आउनुभएको छ । प्रदेश संसद भवन अगाडिबाटसुरु ग...

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम
विराटनगर ÷ विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्...

डल्फिन एजुकेशन ईटहरीले भोली बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सेवा प्रद्धान गर्दै

डल्फिन एजुकेशन ईटहरीले भोली  बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सेवा प्रद्धान गर्दै
ईटहरी जेष्ठ २४, बिगत २२ बर्ष देखिको अनुभव संगाल्दै डल्फिन एजुकेशन ईटहरीले भोली २०७१\०२\२४ गते शुक्रबारका दिन बिदेश पढ्न चाहने बिघ्यार्थीहरुका लागी बिभिन्न बिश्वबिघ्यालयहरुको Counsellor सहित UK Admission Day one-to-one Counselling सेसन राखेको छ । हरेक बर्ष कयौ बिघ्यार्थीहरु बैदेशिक अघ्ययनमा जाने गरेका छन् । त्यसै बिषयलाई सहजिकरण गर्न Dolphin Education, Itahari ले बिघ्यार्धी र अभिभावकहरुका निम...

टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित

टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित
काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । समुह सी मा रहेको युगाण्...

सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ । यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ ...