प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने(माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की
बिराटनगर, जेष्ठ २१ गते ।
कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले आज बिहान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रस्तुतिकणको अवलोकन गर्नु भएको छ भने कार्यरत सम्पु...














