१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक
काठमाडौं, ५ बैशाख नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक (मन्त्रोचारण) ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी...’ समेटिएको छ । यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी... श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो । उपप्रधान...

दृष्टिविहीन् गायक गगन आले र मोडल समीको बेजोड प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’

दृष्टिविहीन् गायक गगन आले र मोडल समीको बेजोड प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन् गायक गगन आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो...’ मंगलवार सार्वजनिक गरेका हुन् । यी युवा गायकले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत आफ्नो पहिलो गीतको म्युजिक भिडि...

महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर,वैशाख ४ । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ। राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको न्यूनिक...

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन
पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।  उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।  

बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै

बैशाख ८ गते  धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै
धरान। आगामी बैशाख ८ गते शनिबार नयाँ बर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ूकन्दरा लाईभ इन धरान ू सांगीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिंदैछन्। ६ बर्ष अघि धरान संगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि मह...

‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स

‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स
काठमाडाँैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पिडा ब्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार राइले गरेका हुन् । गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको...

गृहको गैर संबैधानिक परिपत्र खारेज नगरे कडा आन्दोलन गर्ने अन्तरधार्मिक मोर्चाको चेतावनी

गृहको गैर संबैधानिक परिपत्र खारेज नगरे कडा आन्दोलन गर्ने अन्तरधार्मिक मोर्चाको चेतावनी
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने र त्यसको जिम्बेवारी गृहमन्त्री रवि लामिछाने हुने चेतावनीसमेत बक्ताहरुले दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल परिवा...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायो

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायो
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ । गए राति घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायाे । चेल्सीका काेले पाल्मरले चार गोल गरे । पाल्मरले खेलको १३ औँ, १८ औँ, २९ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १/१ गाेल गरे । याे जितसँगै चेल्सी तालिकाको ९ औँ स्थानमा यथावत् छ ।...

सम्बन्धविच्छेदका मुद्दामा बाल संरक्षणलाई जाेड दिन चीनकाे सर्वोच्च अदालतको निर्देशन

सम्बन्धविच्छेदका मुद्दामा बाल संरक्षणलाई जाेड दिन चीनकाे सर्वोच्च अदालतको निर्देशन
चीनको सर्वोच्च अदालतले देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ । न्यायाधीशले सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानुनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ । सम्बन्धविच्छेद गर्ने आमाबाबुले बालबालिकालाई ...

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश
काठमाडौँ । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । सन्दीप लामिछाने बलात्कार सम्बन्धि मुद्धामा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला- २६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो । गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधि...