राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो । यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ...

इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन

इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन
काठमाडौँ  । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्...

मोरङमा एक महिलाको शव फेला

मोरङमा एक महिलाको शव फेला
विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन्। मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ । राजापाक्षे हाल श्रीलंकाको कानून मन्त्रीको पदमा छन् । श्रीलंक...

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै
काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन निर्माताको सुपरचार्जर व्यवसायका वरिष्ठ निर्देशक रेबेका टिनुची र नयाँ उत्पादनका प्रमुख डेनियल हो रहेका छन्  । द इन्फर्मेसनका अनुसार मस्कले यी दुई कार्यकारीको मातहतमा कार्यरत ५०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने तयारी पनि गरिरहेका छन् । सुपरचार्जर टोलीमा मात्र करिब ५०० क...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।     लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ ...

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वाग...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा
काठमाडौं, १९ बैशाख । सरकारले आज सार्बजनिक बिदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइ...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन ः मेयर कोइराला

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जन...

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ
विराटनगर, १८ बैशाख । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्। उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन्। घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या...