भोजपुरी नायिकालाई लहानमा ‘रेड कार्पेट’ बिच्छाईंदै
भोजपुरी चलचित्र उद्योगकी चर्चित नायिका अक्षरा सिंह सिरहाको लहान आउने भएकी छन् । उनी लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० मा प्रस्तुतिका लागि समूहसहित सहभागी हुने बताइएको छ ।
जिल्ला उद्योग वाणिज्य संघ सिरहाले आयोजना गर्न लागेको लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० चैत ३० देखि २०८१ वैशाख १० गतेसम्म चल्ने छ । ‘समृद्धिको आधार, उद्योग, कृषि, पर्यटन र व्यापार’ भन्ने ...














