रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का
सरकारले युद्धग्रस्त मुलुकहरु रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का गरेको छ । वैदेशिक रोजगार विभागले आज सार्वजनिक सूचना निकालेर रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जानकारी दिएको हो ।
विभागले जारी रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरु मारिएकोले वैदेशिक रोजगारीका लागि ती मुलुकमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्वी...














