‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने
काठमाडौं। अभिनेत्री आँचल शर्मा चलचित्र एक मुठ्ठी बादलमा अनुबन्धित भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन्।
यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छिन्।
‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’...














