तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति पुरस्कार
काठमाडौँ, मङ्सिर २० गते । स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।
विसं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायणगोपालले थुप्रै कालजयी गीत गाउनुभएको छ । ‘मलाई नसो...














