७ बैङ्कको नाफा ३ अर्ब माथि, चार वटा बैङ्कको नाफा घट्यो

७ बैङ्कको नाफा ३ अर्ब माथि, चार वटा बैङ्कको नाफा घट्यो
वाणिज्य बैङ्कहरूको नाफा बढेर आधा खर्ब नाघेको छ । बैङ्कहरूले हालै मात्र सार्वजनिक गरेको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा अर्थात् चौथो क्वार्टरको अन्तसम्ममा कुल ५९ अर्ब ५७ करोड ७९ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा कुल ४८ अर्ब ४२ करोड ४ लाख ६८ हजार मात्र थियो । समीक्षा अवधि...

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ । दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङले जिल्ला प्रशा...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापामा आजदेखि निषेधाज्ञा खुकुलो
झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्...

राष्ट्रपति पछि ७५० अफगान सैनिक देश छाडेर भागे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो

राष्ट्रपति पछि ७५० अफगान सैनिक देश छाडेर भागे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो
काठमाडौं । उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ । ...

देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार

देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार
नेकपा एमालेका सांसद् एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दुनियाँभर मादल वज्दा पनि वर्तमान सरकार ब्युँझिएन’ भन्दै कटाक्ष गरेका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा वोल्दै उनले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरे। उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे । ‘सार्क राष्ट्रको अध्यक्ष, यस देशको प्रधानमन्त्री, कम्फर्टेबल स...

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो
पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर...

काबुल विमानस्थलमा विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली

काबुल विमानस्थलमा विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली
सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रुपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्...

प्रदेश नं १ प्रदेशसभा बैठक

प्रदेश नं १ प्रदेशसभा बैठक
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरेअनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ ल्याएको बताउनुभयो । उहाँले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आज बैठममा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम उक्त विधे...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाल...

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...