नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ । कूल २१७ कम्प...

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैश...

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो । दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत मंगलबार नेपाल प्रहरी तथा भार...

झापाका दश पालिकामा सिलबन्दी

झापाका दश पालिकामा सिलबन्दी
कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिन...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच क...

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
१४ साउन २०७८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्...

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा
गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिनुभयो । इन्द्रावतीमा आएको बाढ...

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ
काठमाडौँ, १४ साउन: महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेला...

टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा ३७ मिलिसेकेन्डले राष्ट्रिय कीर्तिमान सुधार

टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा ३७ मिलिसेकेन्डले राष्ट्रिय कीर्तिमान सुधार
टोकियो — पौडीकी सनसनी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् । ‘नेसनल रेकर्ड बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, ‘कोभिड १९ को कारण लामो समय प्राक्टिस गर्न पाएको थिएन । लङ कोर्स (५० मिटरको स्वीमिङ...

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ...