न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने सहमति भएको छ । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । भेटमा भारतीय प्रधानमन्त्री...

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.६५ प्रतिश...

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’ : परामर्शदाता

‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’ : परामर्शदाता
काठमाडौं । क्यानडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या कम गर्ने लगायतका नीतिहरू लागू गर्न थाले पनि त्यसले नेपाली विद्यार्थीहरूमा ठुलो असर नपर्ने परामर्शदाताहरूले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्‍याउने विद्यार्थीहरूका लागि नयाँ नीतिले थप सहजीकरण गरेको उनीहरूको भनाइ छ । क्यानडाले देशको आर्थिक अवस्था र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्यागमन नीतिमा सामान्य फेरबदल ल्...

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा
काठमाण्डौ – यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुर...

प्रधानमन्त्री ओली कतारको दोहामा

प्रधानमन्त्री ओली कतारको दोहामा
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क  जाने क्रममा कतारको दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १. ३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा  कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिका...

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दा...

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश
काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन स...

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको...

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा
काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन्- 'विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जि...