साउने सोमवारको लागि पशुपतिनाथमा तयारी : दर्शनार्थीका लागि तीनवटा लाइन
काठमाण्डौ – सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवारदेखि शुरु हुने भएको छ ।
आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुहुन्छ ।
साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको ब...