बङ्गलादेशबाट नेपाली विद्यार्थी काठमाण्डाै फर्किन थाले

बङ्गलादेशबाट नेपाली विद्यार्थी काठमाण्डाै फर्किन थाले
काठमाण्डाै – सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाण्डौ फर्किन थालेका छन् । यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले...

मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण अभियान

मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण अभियान
विराटनगर । मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण कोलागि सचेतना अभियानलाई तीव्र बनाइएको छ । सरोकारवालाहरूलाई जिम्मेवार बनाई डेँगु नियन्त्रणमा सहभागिता सहितको सचेतना जगाउने उद्देश्यले अभियानलाई तीव्र बनाइएको हो । अभियान अन्तरगत एक हप्ता भित्र जहदा र ग्रामथानमा सचेतना कार्यक्रम सञ्चालनमा आएको छ । पालिकाहरूको आयोजनामा भएको कार्यक्रमलाई सहारा नेपाल, फेयरमेड लगायतले आर्थिक सहयोग गरेका छन् । ...

हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
विराटनगर । विराटनगर आएका बेला बिरामी भएपछि वरिष्ठ हास्य कालकार हास्य अस्पताल भर्ना भएका छन् । आचार्य हिम गिरी सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए । विराटनगर आएका बेला बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नरसिंह होममा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई हिम गिरी सोपको ब्रान्ड एम्वेष्डरको रूपम...

बागमतीमा नयाँ सरकार गठनको आव्हान

बागमतीमा नयाँ सरकार गठनको आव्हान
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् । नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्...

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट
विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले बताए । उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । विश्वासको मत ...

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त
मोरङ,६ साउन ः नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ। उक्त उद्योगद्वारा विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्व...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर
मोरङ,५ साउन ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको २७ औँ स्थापना समारोहको उद्घाटन गदै उक्त विचार व्यक्त्त गर्नु भयो । मन्त्री मगरले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापन...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम
विराटनगर ÷ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय हुँदा विराटनगरकी रीता...

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत "जिन्दगी तिमी हौ" गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो । पुर्वेली लोकलयमा आधारित उक्त गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ ।...