विराटनगरको सडक सौन्दर्यकरणका लागि रकम जुट्ने क्रम जारी
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । सोमबार सानिमा बैंक लिमिडेटले २ लाख रुपैयाँ जम्मा गरेको छ । सोमबार महान...














