देवदहमा क्लोथ बैंक सञ्चालनमा

देवदहमा क्लोथ बैंक सञ्चालनमा
देवदह ,फागुन २८ गते । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कप...

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस
विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको आ...

‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिदै

‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई  प्रदान गरिदै
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ राशीको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अन...

‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक

‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक
इटहरी/ गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । भिडियोमा किराँती रितिरिवाज र संस्कृति झल्काउने चरित्र भेषभुषामा मोडलहरुलाई प्रस्तुत गरिएको छ । भिडियोमा परिवारले नस्वीकारेको मायाप्रेम र त्यसपछि भागीविवाह गरेको रोमान्चक कथालाई प्र...

चलचित्र ए पिचर्स को प्रिमियर शो सम्पन्न

चलचित्र ए पिचर्स को प्रिमियर शो सम्पन्न
काठमाडौं । चलचित्र ए पिचर्स (A Picture )को प्रिमियर शो भएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ए पिचर्स हेरिसकेपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै चलचित्रका दर्शकहरुले चलचित्र राम्रो बनेकोमा प्रशसां गरे । निर्देशक विवेक गुरुङले चलचित्रका हरेक पात्रले गरेको अभिनयले दर्शकको ध्यान तान्ने बताउनुभयो । उहा...

भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राजले ल्याए ‘माया माया हो’

भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राजले ल्याए  ‘माया माया हो’
काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन्। गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा ...

बंगलादेशमा नेपाली साहित्यको परिचर्चा

बंगलादेशमा नेपाली साहित्यको परिचर्चा
बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भएकाे छ। लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक साँस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियो। बालसाहित्य, कविता परिचिती, यात्रा, नियात्रा, समकालीन साहित्य, अनुवाद आदि विषयमा नेपाली साहित्यकारहरूले विमर्श गरेका थिए। नेपाल सत्रमा गीतकार तथा अनुवादक राजेन्द्र...

रेखा थापाको ‘उपहार’: हल हाउसफुल

रेखा थापाको ‘उपहार’: हल हाउसफुल
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेताद्वय मुकुन भुषाल, समर्पणजंग कार्कीलगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् । फिल्मका निर्देशक देउजाका अनुसा...

लक्ष्मी खतिवडा सम्मानित

लक्ष्मी खतिवडा सम्मानित
काठमाडौँ, फागुन २६ गते । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सह –सम्पादक लक्ष्मी खतिवडा लगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका महिलालाई सम्मान गरेको छ । प्रतिष्ठानले उपसभामुख इन्दिरा रानामगर, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो । ...

बालिका बलात्कृत भएर गर्भवती रहेको पुष्टि भएपछि ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

बालिका बलात्कृत भएर गर्भवती रहेको पुष्टि भएपछि ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित पाँच लाख जरिवाना र पीडित राहत कोषमा २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पट...