भारतीय कलाकार हेर्न नगरपालिकाको ८० लाख खर्च

भारतीय कलाकार हेर्न नगरपालिकाको ८० लाख खर्च
रौतहटको मौलापुरमा भारतीय र नेपाली कलाकारहरु पुगेका छन् । मधानी महोत्सवमा सहभागी हुन आएका भारतीय कलाकार गोविन्दालाई ८० लाख रुपैयाँ तिरिएको छ । गोविन्दा बिहारको पटना हुँदै हिजो नेपाल आएको बताइएको छ । नगरपालिकाले पारिश्रमिकवापत ८० लाख नेपाली रुपैयाँ बुझाएर नेपाल ल्याइएका गोविन्दासँगै अन्य केही भारतीय कलाकार पनि आएका छन् । महँगो रकम तिरेर भारतीय कलाकार ल्याइएकोमा नगरपालिकाको आलोचना भएको छ । ...

रोल्पामा बालिका बलात्कृत

रोल्पामा बालिका बलात्कृत
रोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–१, लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगरलाई प्रहरीले पक्रेको छ । उनले ती बालिकालाई अस्ति जबरजस्ती करणी गरेको बताइन्छ । अस्थायी प्रहरी पोष्ट सुर्पाल र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए...

अमेरिका उड्नुअघि महिलामन्त्रीको यस्तो घोषणा

अमेरिका उड्नुअघि महिलामन्त्रीको यस्तो घोषणा
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने घोषणा गर्नुभएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रचण्ड नेतृत्वको यसअघिको सरकारले मन्त्रालयअन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले भने उक्त निर्णयप...

भिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन

भिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध नेकपा एमालेसमर्थित राष्ट्रिय युवा संघ नेपालले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा एक घण्टा चक्काजाम गरेको छ। युवा संघ नेपालका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयअगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए। युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्र...

भारतले एआई मिसन चलाउन १ खर्ब तीन अर्ब भारुको बजेट स्वीकृत गर्‍यो

भारतले एआई मिसन चलाउन १ खर्ब तीन अर्ब भारुको बजेट स्वीकृत गर्‍यो
काठमाण्डौ – भारत सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मिसन १ अर्ब २५ करोड अमेरिकी डलर अर्थात् १ खर्ब तीन अर्ब भारतीय रुपैयाँको लगानीलाई स्वीकृति दिएको छ । भारतमै एआई बनाउने कामलाई अगाडि बढाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले १ अर्ब २५ करोड अमेरिकी डलरको बजेट स्वीकृत गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भारतले राष्ट्रिय स्तरको भारत एआई मिशनलाई पनि...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख जनाभन्दा धेरैकाे हात रित्ताे

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख जनाभन्दा धेरैकाे हात रित्ताे
काठमाण्डौ — पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९ सय ५९ आवेदकमध्ये ५५ हजार ५ सय २१ जनालाई आईपीओ परेको छ । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । आवेदन दिएकामध्ये ९ लाख ३ हजार ४ सय ३...

के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह

के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह
एजेन्सी । यदि तपाईं अविवाहित हुनुहुन्छ र विवाह गर्न चाहनुहुन्छ तर कुनै कारणले तपाईको वैवाहिक जीवनमा बाधा परेको छ भने यो महाशिवरात्रिमा तपाईले यस्तो उपाय निकाल्न सक्नुहुन्छ जसले तपाईको घरमा शहनाई बज्नेछ । यदि तपाइँको सम्बन्धमा हरेक पटक बाधा आउँछ, विवाह गरिसकेपछि पनि तपाइँको वैवाहिक जीवन अधुरो रहन्छ र तपाइँको जीवनमा विवाह हुन सक्दैन भने यो महाशिवरात्रि तपाइँको लागि सुनौलो अवसर हो । यो महाशिवरा...

पाँच सय नर्सलाई रोजगारी

पाँच सय नर्सलाई रोजगारी
बागमती प्रदेश सरकारले करार सेवामा झण्डै पाँच सय नर्स माग गरेको छ । सामुदायिक विद्यालयमा काम गर्ने ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत प्रदेशको स्वास्थ्य निर्देशनालयले चार सय ५७ जना नर्सका लागि विज्ञापन गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १४ गतेभित्र दरखास्त बुझाउन आह्वान गरिएको छ । दरखास्त स्वास्थ्य निर्देशनालय, हेटौंडा र बागमती प्रदेशका जिल्लास्थित स्वास्थ्य कार्याल...

मेयर,वडा अध्यक्षलगायत सबैको मन छोयो ‘सतीदेवी’ ले

मेयर,वडा अध्यक्षलगायत सबैको मन छोयो ‘सतीदेवी’ ले
काठमाडौं,२४ फागुन । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा र...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
विराटनगर, २०८० फागुन २४ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभि...