पृथ्वीको अवलोकन गर्ने शक्तिशाली उपग्रह प्रक्षेपण गर्ने अमेरिका र भारतको तयारी
अमेरिकी अन्तरिक्ष निकाय नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सन् २०२५ को मार्चमा शक्तिशाली पृथ्वीको अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने तयारी गरेका छन् । नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार) भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।
यसले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न हरेक १२ दिनमा दुई पटक पृथ्वीको ...














